logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

नेकपा जुम्लाकाे विज्ञप्तिबारे पिटर भन्छन् ,याे राजनीतिक संस्कार हाेइन्


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

सत्तारूढ दल नेकपा का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथि जुम्लाका एक युवाले जुत्ता प्रहार गरे ।

राष्ट्रिय सभा गृह मा भइरहेकाे महनमाेहन अधिकारी स्मृति सभामा बाेलेर सक्दै गर्दा ती युवाले प्रचण्डलाई निसाना बनाउदै जुत्ता प्रहार गरेका थिए ।

उक्त घटना लगत्तै प्रहरीले ती युवालाई पक्राउ गर्याे त्यसक्रममा प्रचण्ड का प्रेस सल्लाहकार बिष्णु सापकोटाले त ती युवालाई तात्तिले अगाडि पछाडि बाट हिर्काय ।

आइतबार साझ नेकपा जुम्लाले एक प्रेस विज्ञप्ति निकाल्याे र भन्याे उनी आतंककारी अपराधी थिए र हुन । अति अराजनीतिक टिप्पणी गरेकाे उक्त विज्ञप्ति प्रति बरिस्ठ लेखक तथा पुर्व माओवादी नेता नरेन्द्रजङ्ग पिटरले कडा शब्दमा आलोचना गरेका छन् ।

उनले सरकारी नेकपाले अराजनीतिक व्यवहार देखाएकाे भन्दै सामाजिक सन्जाल फेसबुकमा लेखेका छन आज सरकारी नेकपा (जुम्ला) विज्ञप्ती नियाल्दा ०५२ देखी नेका र नेकपा एमालेले निकाल्ने वक्तब्य जस्तै पुलिस प्रशासनलाइ उकास्ने भूमिका सम्झायो । उनले प्रहरीलाई अनावश्यक उक्साएकाे भनी टिप्पणी गरेका छन् ।

उनले भनेका छन् अध्यक्ष प्रचण्डलाइ जुत्ताप्रहार गर्ने जुम्ला सिजाका मुन तिरूवाका छाेरा रतन तिरूवा आफ्ना पार्टी सदस्य र शहीद परिवारका सदस्य नभएको जानकारी दिए पुगी हाल्यो नी । कार्यपछि कारण हुन्छन, यो वक्तब्यमा राजनीतिक संस्कृति देखिएन ।

हेर्नुस् स्टाटस

आज सरकारी नेकपा (जुम्ला) विज्ञप्ती नियाल्दा ०५२ देखी नेका र नेकपा एमालेले निकाल्ने वक्तब्य जस्तै पुलिस प्रशासनलाइ उकास्ने भूमिका सम्झायो ।अध्यक्ष प्रचण्डलाइ जुत्ताप्रहार गर्ने जुम्ला सिजाका मुन तिरूवाका छाेरा रतन तिरूवा अाफ्ना पार्टी सदस्य र शहीद परिवारका सदस्य नभएको जानकारी दिए पुगी हाल्यो नी । कार्यपछि कारण हुन्छन, यो वक्तब्यमा राजनीतिक संस्कृति देखिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार