logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकारले गर्याे सचिवहरुकाे सरुवा काे कहाँ पुगे ? हेर्नुस्


  • राजनीति
  • सोमबार, फाल्गुन १९ २०७६

आइतबार बसेकाे मन्त्रिपरिषद्को बैठकले केही सचिवहरुकाे सरुवा र बढुवा गरेकाे छ । एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ ।

यस्तै महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधारमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कामू दिएर राजश्वमा लगिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार