सरकारले विवादास्पद ललिता निवासकाे जग्गा प्रकरणमा नाम जाेडिएपछि चिनका लागि नेपाली राजदुत लीलामणि पाैडेललाइ फिर्ता बाेलाउने भएको छ ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो । आजको नेपाल समाचार पत्र दैनिकमा खबर प्रकाशित छ ।