राजनीति
केही समय अघि चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
१४ दिनसम्म भक्तपुर, खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
उनिहरुलाइ सरकारले खरिपाटी स्थित क्वारेन्टाइन मा राखि आवश्यक उपचार प्रक्रिया अगाडि बढाएकाे थियाे ।