राजनीति
आइतबार राष्ट्रिय सभा गृहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जु’त्ता प्र’हा’र गर्ने रतन सिरुवालाई ७ दिन हिरा’सतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
अ’भद्र व्यव’हार सम्बन्धी क’सुर गरेको अभियोगमा उनलाई हि’रास’तमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।
नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जु’त्ता प्र’हा’र भएको थियो । लगत्तै उनी प’क्राउ परेका थिए ।
प्रहरीलाई बयान दिँदै तिरूवाले प्रचण्डले व’र्ग सं’घर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जु’त्ता हा’नेको भनेका छन् ।
यता घटनाको छानविनका लागि प्रहरीले अ’पराध अनु’सन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन गरिसकेको छ ।