उद्योग वाणिज्य संघ प्युठानको आयोजनामा संचालन भइरहेकोे स्वर्गद्वारी-प्युठान चौथो महोत्सवमा अतिथि कलाकारका रूपमा सहभागी चर्चित लोक दोहोरी गायक तथा सर्जक पशुपति शर्मामाथि दु’र्ववहार भएको छ ।
भ्रष्टाचार वि’रुद्ध सिर्जना गरिएको “लु’ट्न सके लु’ट कान्छा लु’ट्न सके लु’ट, अरु देशमा पाइँदैन नेपाल मै हो छु’ट” बोलको गीत प्रस्तुत गरिरहेका बेला नेकपाबाट निर्वाचित जनप्रतिनिधि, विगतमा उद्योग वाणिज्य संघको नेतृत्व गरेका व्यक्तिको निर्देशनमा उक्त गीतलाई रोक्न लगाइएको थियो । यसलाई दर्शक दिर्घामा बसिरहेका दर्शकले कडा रूपमा वि’रोध एवं उक्त का’यर् गतिविधिको प्र’तिकार गर्न खोजेका थिए ।
माहोल सामान्य बनेपछि शर्माले उहि गीत -लु’ट्न सके लुट…… पुनः सुरु गरे । साथै जसले आफ्नो गीत प्रस्तुत गर्नबाट रोक्ने प्रयास गरेका थिए, उनीहरुप्रति लक्षित गर्दै आफ्नो गीत रोक्न खोज्नेहरु सामाजिक अप’राध भ्रष्टा’चारमा जोडिएको हुनसक्ने भन्दै सार्वजनिक रूपमा मंचबाट आक्रोश पोखे ।
हामीलाई स्मरण छ, अहिलेको प्युठान उद्योग वाणिज्य संघ र महोत्सव मुल आयोजक समितिको संयोजक नेकपा निकट व्यक्ति हुनुहुन्छ । आफ्नै अध्यक्षले अतिथि कलाकारको रूपमा निमन्त्रणा गरेका कलाकारलाई पार्टीका जननिर्वाचित जनप्रतिनिधि, विगतमा संगठनको नेतृत्व गरेर आएका व्यक्तिहरु कै संलग्नतामा अपमान गरिनु अत्यन्तै नि’न्दनीय र भत्स’र्नायोग्य कदम हो ।