Uttar Pradesh Chief Minister Yogi Adityanath shake hands with former king Gyanendra Shah during their meeting in Lucknow, India on Monday, January 08, 2018. Courtesy:Adityanath's Twitter
राजनैतिक भेटघाटका लागि भारत पुग्नु भएका राजा ज्ञानेन्द्र शाहलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निश्चिन्त रहन आग्रह गरेका छन्। दिल्ली बसाईका क्रममा शाहले योगी सहित भारतीय प्रधानमन्त्री, आरएसएसका उच्च अधिकारीहरु एवं साधु-सन्त परिवारसंग भेटघाट गर्नु भएको हो।
राजपरिवार निकट श्रोतका अनुसार योगीले, ” हजुर जनता जनार्दन समक्ष जानुहोस्। देश, धर्मको रक्षा सिर्फ राजाबाट हुन्छ भन्ने त नेपाली जनताले बुझी सक्यो।” भनेर राजाको हात समात्दै भनेका थिए, “अरु चिन्ता नगर्नुहोस्। अन्तराष्ट्रिय समुदायलाई हामी(भारत) हेर्छौ। हाम्रो साथ हजुरलाई रहन्छ। मौसुफ! निश्चिन्त भएर नारायणहिटी सर्ने तयारी गर्नुहोस्।”
योगीको वचनले हौसिनु भएका राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको दिनमा एक शक्तिशाली वक्तव्य जारी गरेका थिए । जसको निशानामा दलहरु थिए। उक्त वक्तव्यमा ११ वैशाख २०६३ मा भएको शाही घोषणाका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार मुलुकको राजनीतिमा आफ्नो पनि भूमिका र स्थान हुनुपर्ने संकेत गर्दै ‘प्रजातान्त्रिक धर्म’ निर्वाह गर्न नेपालका राजनीतिक दलहरूलाई आग्रहपूर्ण आदेश दिनु भएको थियो।
दिल्ली बसाईका क्रममा शाहले भारतको शीर्ष राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूत भएर काठमाडौं आएका कर्ण सिंहले अगाडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमानदारीपूर्वक निर्वाह गरेको भए पनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेको स्रोतले बताएको छ ।

नेपालको सत्ता राजनीतिसँगै सत्तारुढ नेकपामा ठूलो हलचल भइराखेको र पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता च्यूत भएपछि पहिलो पटक दुई साता लामो नयाँ दिल्लीको राजनीतिक यात्रा सम्पन्न गरेको सन्दर्भमा नेपालमा ठूलै राजनीतिक परिवर्तनको परिवेश बन्दै गएको बताईन्छ।
दुई साता लामो बसाई सकेर उहाँ फागुन १८ गते स्वदेश फर्किएकाछन भ। भारतको राजधानी नयाँ दिल्ली हुँदै अमृतसर पुग्नु भएका राजा ज्ञानेन्द्र तथा पत्नी कोमललगायतको टोलीले ८ फागुनमा विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन ७ फागुनमा नेपालको प्रजातन्त्र दिवसका दिनै अमृतसरमा पुर्व रानी कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव पनि मनाइएको थियो। त्यस्तै उनले काली बाबाको आश्रमले आयोजना गरेको गोप्य अनुष्ठानमा समेत भाग लिएको बताईन्छ।