logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

थरुहट बन्दकाे घाेषणा, माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी


  • राजनीति
  • मंगलबार, फाल्गुन २० २०७६

विभिन्न माग राख्दै आन्दोलन गरिरहेकाे ‘थरुहट’ थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूले राखेका मागको सरकारले बेवास्ता गरेका भन्दै दुई दिने हडताल घोषणा गरेको छ।

सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएको मोर्चाले फागुन २० र २१ मा कैलाली र कञ्चनपुरमा आम हडतालको घोषणा गरेको हो। संघर्षका विभिन्न कार्यक्रम गर्दै आए पनि सरकारले माग पूरा नगरेपछि दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको मोर्चाले जनाएको छ।

पुस २२ गते नेपाल सरकारसँग १४ बुँदे माग राखी पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि मागप्रति सरकार संवेदनशील र सकारात्मक हुन नसकेकाले आमहडतालको घोषणा गर्नु परेको मोर्चाको केन्द्रीय संयोजन समितिका महासचिव तुुलसी थारुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आमहडतालका क्रममा कलकारखाना,उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारीसाधान, ढुवानीका साधन पूर्णरुपमा बन्द रहने जनाइएको छ। तर, अत्यावश्यक सवारीसाधनहरु दमकल, एम्बुलेन्स, शववहान, सुरक्षा निकायका सवारी साधन, दुध बोक्ने वहान, औषधि बोक्ने वहान, रेडक्रस, मानवअधिकारकर्मी, पत्रकार, पर्यटक र कूटनीतिक नियोगका सावारी साधान निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार