logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा


  • राजनिती न्युज डेस्क
  • मंगलबार, फाल्गुन २० २०७६

पोखरा – अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्।खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ।उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए।

आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन्।‘आज त सपथ हुँदैन, भोलि दिउँसोमात्र उहाँको सपथ हुने सम्भावना छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको छ।

संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार