logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको कोरोनाका कारण मृ’त्यु


  • पत्रपत्रिका
  • बुधबार, फाल्गुन २१ २०७६

विश्वभर आ’तंक मच्चाइरहेको कोरोना भाइस नेपाल भ्रमण गरेर फर्किएका एक व्यक्तिको स्पेनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृ’त्यु भएको छ । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृ’त्यु भएको पुष्टि गरेका छन् ।

डेली मेललको खबर अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृ’त्यु के कारणले भएको भन्ने खुलाइएको थिएन । त्यतिबेला उनको अवस्थालाई ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित भनेर उल्लेख गरिएको थियो । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृ’त्यु जनाइएको छ ।

उनको मृ’त्युबारे पुष्टि गर्दै स्थानीय स्वास्थ्य अधिकारीले भने, ‘ आर्नउ डे भिलानोभा अस्पतालमा उपचाररत एक पुरुषको फेब्रुअरी १३ मा मृ’त्यु भएको छ। भ्यालेन्सिया समुदायमा दुई नयाँ सं’क्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या १९ पुगेको छ ।’

स्पेनमा अहिले १ सय ६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार