logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

गोकुल बास्कोटाले हामी भनेकाछन, ति को को हुन : शेर बहादुर देउवा


  • राजनीति
  • बुधबार, फाल्गुन २१ २०७६

;efklt b]pjf ;Daf]wg g]kfn k|]; o'lgog lrtjg zfvfsf] cf7f}+ lhNnf clwj]zg pb3f6g ;df/f]xnfO{ z'qmaf/ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M lrtjg, /f;;

सघिय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोकुल बाँस्कोटाले अडियोमा हामी भनेर ककसलाई भनेका हुन् भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तो थियो देउवाको सम्बोधन :

सम्माननीय सभामुख महोदय,
प्राणघातक कोरोना भाइरस ५० भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पनि नेपाल पनि उच्च जोखिममा रहेको जनाइसकेको छ । अतः सरकारलाई यसबारेमा आवश्यक सम्पूर्ण प्रबन्ध गर्न आग्रह गर्दछु ।

स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई कोरोनाको संक्रमणबाट जोगिन विशेष सतर्कताका लागि अपिल गर्दछु । अहिले सबैभन्दा बढी उठेको इस्यु सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको प्रकरणमा सञ्चारमन्त्री (पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा) ले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि गम्भीर छानविन सुरु नहुनुको पछाडि के नियत रहेको छ ? यो गम्भीर छ । सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको अडियो प्रष्ट सुनिन्छ ।

म सम्माननीय प्रधानमन्त्रीजीलाई के सोध्न चाहन्छु भने, हामी भनेर कसलाई भनेका हुन् ? हामीभित्र को को पर्दछन्न् ? प्रष्ट गर्नुहोस् ।

त्यो अडियोको छानविन हुनु पर्छ । छानविन गर्ने निकायले छानविन गर्नु भन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानविन प्रभावित हुन्छ कि हुँदैन ? छानविन हुनुभन्दा पहिले नै तपाईंले निर्णय दिनुभयो भने तपाईंको बोलिको विश्वसनीयता कमजोर भएन ? त्यस्तै नेपाल ट्रष्टको श्वेतपत्र, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी ७० करोड कमिशन मागेको अडियोबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भइरहेको छ ।

गोकर्ण रिसोर्ट लिज प्रकरणको ध्यान मोड्ने प्रयत्न भइरको छ । नेपाल टेलिकमको प्रकरणमा अर्बौँ भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले चार अर्बमा सकेको काम एनटीसीलाई १२ अर्ब कसरी लाग्यो ?

म प्रधानमन्त्रीको रुपमा रहँदा मन्त्रिपरिषद बैठकबाट मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिजमा दिने सम्बन्धि कुनै निर्णय भएको छैन । म प्रधानमन्त्री भएको बेला मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएकै छैन । राजनीतिक पूर्वाग्रहवस मेरो नाम कहिपनि जोडिएको विषय र जोड्ने षड्यन्त्रप्रति मेरो गम्भीर आपत्ति छ ।

अन्त्यमा पेट्रोलियम पदार्थमा कर बढाएर जनतालाई थप करको भार बढाउने काम गरेको छ । सरकारले त्यसैले यी सबै कुराहरुमा ध्यान दिएर यो पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई दुःख दिने कार्य रोक्नका लागि अपिल गर्दछु ।

धन्यवाद

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार