logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुराकी गरेको भन्दै नेकपाको का’र्वाही, मध्यरातमा दन्कियो आगो (भिडियो सहित)


  • राजनीति
  • बिहिबार, फाल्गुन २२ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कपिलवस्तुले शर्मा एन्ड शर्मा कन्स्ट्रक्सन कम्पनीमाथि कार’बाही गरेको छ । २२ गते कपिलवस्तुमा शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनका निर्माण सामग्रीमाथि आग’जनीपछि  छरेको पर्चामा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समितिले सत्ताधारीहरूको आडमा गु’न्डागर्दी शैलीमा विकास निर्माणका नाममा लू’ट म’च्चाएको भन्दै का’रबाही गरिएको बताइएको छ ।

नेकपा कपिलवस्तुका नामबाट ‘शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनमाथि का’रबाही किन ?’ शीर्षकमा भेटिएको पर्चामा नेकपाले आफ्नो पार्टीमाथि सरकारले प्र’तिबन्ध लगाएको अवस्थामा अन्य सहगोगी व्यवसायीहरूको नामसूची गृहप्रशासनमा बुझाएर व्यवसायीहरूलाई दुःख दिने गरेको र आफ्नो पार्टीका वि’रुद्ध सु’राकी गरेको उल्लेख गरेको छ ।

त्यस्तै उक्त कम्पनीले निजी स्वामित्वमा रहेका व्यक्तिका घर र बालीनाली बिनाक्ष’तिपूर्ति नो’क्सान गरेको गुनासो जनस्तरबाट आएकाले उक्त कम्पनीमाथि का’रबाही गरिएको पनि नेकपाले जनाएको छ । कार’बाहीबाट के कति क्षति भएको छ भन्ने पुर्ण विवरण भने आएको छैन । यसबारे प्रहरी प्रशासनले पनि खास प्रतिक्रिया सार्वजनिक गरीसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार