राजनीति
प्रमुख प्रतिपक्षि दल कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताले ठ’गी गरेको आ’रोप लागेको छ । उनले अदालतमा विचाराधीन बला’त्कार मु’द्दा मिलाउछु भन्दै लाखाै ठ’गेेेेेकाे आ’राेे’प लागेको छ ।
रंगेली नगरपालिका– ३ घर भएका नेपाल विद्यार्थी संघ मोरङका निवर्तमान सभापति गोपाल सेढाईमाथि ७ लाख २५ हजार रुपैयाँ ठ’गी गरेको आरोप लागेको हो ।
आरोपपछि सेढाई फरार छन् । उनका सहयोगी श्रीमन मरण्डीलाई प्रहरीले प’क्रा’उ गरेको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सेढाईंवि’रुद्ध ठ’गीको उजु’री परेको र उनको खोजी भइरहेको बताए ।
स्नातकोत्तर क्याम्पस विराटनगरको पूर्व स्ववियू सभापति समेत रहेका सेढाईले ज’वरज’स्ती क’र’णी मु’द्दा मिलाउन रकम लिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको हो ।
धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि १५ जेठ २०७५ राति ब’ला’त्कार गरेको आ’रोपमा रंगेली ३ का सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका तल्लु मर्मु, प्रगान सतार, सोमलाल हेमरम, सुनिल मरन्डी र सुरेन्द्र टुडुविरुद्ध मु’द्दा दायर भएको थियो ।
विवाहमा जन्ती आएकी किशोरीलाई क’र’णी गरेको आरोपमा प’क्रा’उ परेका उनीहरुलाई जिल्ला अदालत मोरङले ज’बर’जस्ती क’र’णी प्रयास मु’द्दामा जनही तीन वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको छ । अदालतको फैसलापछि सेढाई र मरण्डीबाट ठगिएको दाबी गर्दै थुनामा रहेकाहरुको आफन्तले किटानी जाहेरी दिएका हुन् ।
रंगेली नगरपालिका – ३ मा कृषि फर्म सञ्चालन गरिरहेका सेढाईले सामूहिक ब’लात्का’र मु’द्दाका आ’रो’पीलाई छुटाउन भन्दै एक लाख ५० हजारका दरले पैसा मागेका थिए ।
छोरा छुट्ने आशामा सोम मरण्डी र बाबुलाल हस्दाले जनही १ लाख ४० हजार, बिक्रम टुडुले १ लाख ६० हजार, साइला मरण्डीले १ लाख ६० हजार,सोम मुर्मूले एक लाख २५ हजार गरी जम्मा ७ लाख २५ हजार रुपैयाँ बुझाएका थिए ।
पैसा बुझाउने अभिभावकका अनुसार सेढाईंले पैसा दिएको विषय कसैलाई नसुनाउन भनेका थिए । तर २७ पुसको फैसला र १० माघमा आएको पूर्ण पाठले अभियुक्तलाई ३ वर्ष ६ महिना कैद हुने ठहर गरेको थियो ।
बिचौलियाको काम गरेका सेढाईले जर’वज’स्ती क’र’णी मु’द्दा’मा २० वर्ष सजाय हुनेलाई आफूले पहल गरी साढे तीन वर्ष बनाएको बताएका अभि’युक्तका आफन्तले बताएका छन् ।
क’रणी मु’द्दामा आफन्त प’क्रा’उ परेपछि १० प्रतिशत व्याजमा ऋण खोजेर बुझाएकाहरुले ठगिएको दाबी गरेका छन् ।
जिल्ला अदालत मोरङले ठगी मुद्दामा पक्राउ परेका श्रीमनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । सेढाईलाई पक्राउका लागि पूर्जी जारी गरेको छ ।