logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

याे सरकार अरु २ बर्ष रहे देश बर्वाद हुन्छ : डा. भट्टराई


  • राजनीति
  • शनिबार, फाल्गुन २४ २०७६

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।

पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा.भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको भन्दै सरकारको भविष्य सकिएको टिप्पणी गरेका हुन् ।

दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नु पर्ने भए पनि त्यसो हुन नसकेको उनको ठहर थियो ।

भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने कामसमेत नगरेको उल्लेख गर्दै भट्टराईले गर्न नुहने कामहरु भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै—झगडाका कामहरु भने गरेको आरोप लगाए । उनले अब सरकारको भविष्य समेत सकिएको टिप्पणी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार