logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मुक्ति, सुन्दरी र आठ मार्च


  • बलाराम तिमिल्सिना
  • आइतबार, फाल्गुन २५ २०७६

कुनै सुन्दरी प्रतियोगितामा
तरुनी चेलीको
जोखिमपूर्ण शरीरको प्रदर्शनमा
निम्ता आएको भए
तिमी दौडेर पुग्थ्यौ होला !

या कुनै बहुराष्ट्रिय कम्पनीले
सन्नीलियोनको आगमन साँझ
घोषणा गरेको भए
टिकट काटेर छिर्थ्यौ होला !

या त्यस्तै कार्यक्रममा
अमिताभ बच्चन
या सलमान खान आउने भएको भए
तीन दिनदेखि नसुती
टिकट बोकेर बस्थ्यौ होला !

मैले गरेको निमनात्रणा वेग्लै हो
आठ मार्च
श्रमिक महिला दिवस
प्रबचन गोष्ठी
यहाँ महिला मुक्तिको कुरा हुन्छ
तिम्रै जिन्दगीको कुरा हुन्छ
यहाँ आउँन त गाह्रै होला नि सुन्दरी ?

दिमागभरि दासताको भारी बोकेर
लाली घसेर पाउडर घसेर
परेला मिलाउँदै
कपाल खेलाउँदै
खुल्ला उम्मेदवार बनेर यौनको
बजारतिर हिड्दैगरेकी
ए बजार सुन्दरी !
एकछिन रोकिऊ
एता सुन
के तिमीलाई मुक्ति मन पर्छ ?

हत्तेरिका लाटी !
मुक्ति कुनै केटाको नाम हैन क्या
किन नाम थर र वतन सोधेकी मुक्तिको ?

तिमीलाई समानता मन पर्छ ?
यो पनि कुनै संभावित वरको नाम होइन ।

बजारबाट फर्क्यौ भने दुरुस्तै
या घाइते भए पनि जीवितै
तिमीसँग बात मार्नु छ
के तिमीसँग सिरियस हुन समय छ ?

२०७४|११|२३
ढल्को

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार