logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेराेना त्रास : गलत हल्लाले लियाे १७ जनाकाे ज्यान


  • एजेन्सी
  • मंगलबार, फाल्गुन २७ २०७६

हुवानबाट फैलिएको कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् ।

यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ रक्सीको सेवन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर इरानमा गैरकानूनी रुपमा बनाइएको रक्सी पिउँदा मेथानोल विषको असर भएर त्यतिका मानिसहरु मरेका हुन् ।

इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण विरामी भएका २१८ जनालाई अस्पतालमा भर्ना समेत गरिएको छ । उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा रक्सीको सेवन प्रभावकारी हुने’ हल्लाका कारण रक्सी सेवन गर्दा उक्त घटना भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार