logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेराेनाबारे अमेरिकी अभिव्यक्तिप्रति चिनकाे कडा आपत्ति


  • एजेन्सी
  • मंगलबार, फाल्गुन २७ २०७६

अमेरिकी बिदेश मन्त्री पाेम्पिओले दिएकाे आपत्तिजनक अभिव्यक्ति प्रति चिनले कडा शब्दमा निन्दा गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले कोविड–१९ (कोराना)लाई वुहान भाइरस भन्ने अभिव्यक्ति दिएपछि चीनले आपत्ति जनाएको छ । विदेशमन्त्री पोम्पेओको उक्त अभिव्यक्तिले चीनको अपमान गरेको र घृणित अभिव्यक्ति भन्दै चीनले कडा शब्दमा आपत्ति जनाएको हो ।

सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ सुवाङले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नाम कोविड–१९ दिएको बताए । प्रवक्ता सुवाङले भने, ‘केही अमेरिकी नेताले विज्ञान र विश्व स्वास्थ्य संगठनको निर्णयप्रति आँखा चिम्लेका छन् र कोविड–१९ को आडमा चीन र वुहानलाई कलंकित पार्न उत्सुक देखिएका छन् । हामी यस्तो अपमानजनक व्यवहारको निन्दा गर्दछौं ।’

अमेरिकी विदेशमन्त्री पोम्पओले केही दिनअघि एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा कोरोना भाइरसलाई पटक–पटक ‘वुहान भाइरस’ भनेर व्यङ्ग्य गरेका थिए । चीनको बुहानबाट डिसेम्बर महिनाबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । उनले चीनमाथि यस भाइरसको बारेमा विश्वका देशहरुलाई दिने सूचना लुकाएको आरोप लगाउँदै त्यसले अमेरिकालाई समेत समस्यामा पारेको समेत बताएका थिए ।

यद्यपि, विदेशमन्त्री पोम्पेओले चीनले भाइरसलाई विश्वभर फैलिनबाट रोक्नका लागि गरेको प्रयासबाट खुसी भएको प्रतिक्रिया दिएका थिए । चीनको वुहानबाट फैलिएको भनिएको उक्त भाइरस कहाँबाट पैलियो भन्नेमा अझै पनि अनुसन्धानकै विषय रहेको चीनले प्रतिक्रिया दिँदै आएको छ ।

गत मार्च ५ मा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यो भाइरस कहाँबाट फैलियो भनेर अझै पुष्टि हुन नसकेको प्रतिक्रिया दिएका थिए । उनका अनुसार यो विषयमा चीनले अझै गहिरो गरी अध्ययन गरिरहेको छ । यद्यपि, विश्वभर भने वुहानबाटै यो भाइरसको संक्रमण सुरु भएको समाचार प्रसारण भैरहेका छन् । यो भाइरसको संक्रमणबाट ३ हजार ८ सयभन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ भने १ लाखभन्दा बढी व्यक्ति विश्वभर संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार