logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

सलमान खान जेठ १२ गते नेपाल आउने पक्का


  • राजनीति
  • सोमबार, चैत्र २६ २०७४

२६ चैत, काठमाडौं । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ ।

कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।

पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो । तर अन्तिम समयमा नेपाल कम्युनिष्ट पार्टीको धम्कीलाई देखाउँदै स्थगित गरिएको थियो ।

हेर्नुहोस् सलमान खानसहितको टोली नेपाल आउने जानकारीसहितको पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार