वुहानबाट फैलिएको काेराेना अहिले बिश्वभर फैलिएको छ। विश्वभर कोरोना भाइरसको संक्रमणबाट ४ हजारभन्दा बढी सर्वसाधारणको मृ’त्यु भइसकेको खबर बाहिरहेका बेला सोही संक्रमणका कारण उत्तरकोरियामा करिब २ सयको हाराहारीमा सैनिकको मृ’त्यु भएको खबर बाहिर आएको छ ।
उत्तरकोरियामा कोरोना संक्रमणका कारण १ सय ८० सै’निकको मृ’त्यु भएको दक्षिण कोरियाली सञ्चारमाध्यामहरुले जनाएका छन् । मंगलबार उत्तरकोरियाको सैनिक श्रोतलाई उदृत गर्दै दक्षिण कोरियाको डेली एनकेले कोरोना सं’क्रमणबाट त्यति धेरै उत्तरकोरियाली सै’निकको मृ’त्यु भएको समाचार प्रकाशित गरेको छ ।
सो अनलाईनका अनुसार जनवरीमा कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण उनीहरुको मृत्यु’ भएको जनाएको छ भने फ्रेबु्रअरीमा झण्डै ४ हजारको हाराहारीमा सैनिकहरुलाई क्वारेन्टाइनमा राखेको दाबी गरिएको छ । उत्तरकोरिया चीनको छिमेकी मुलुक हो । चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमणबाट विश्वमा ४ हजारभन्दा बढी मानिसको ज्या’न गैसकेको छ भने १ लाखभन्दा बढी मानिस संक्र’मति भएका छन् ।