राजनीति
वि’प्ल’व नेतृत्वको नेकपाका नेता कार्यकर्ता गि’रफ्ता’री काे बारेमा सर्वाेच्च अदालतकाे अ’पहेल’ना ठहर गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली सहित ४ प्रहरी अधिकारी सर्वोच्च अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा रिहा भएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई अदालतको गेटबाटै पुनः प’क्रा’उ गरेर अदालतको अ’पहेल’ना गरेको ठहर गर्दै उपस्थित हुँन आदेश दिएपछि उनीहरु साेमबार जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।
सर्वोच्च अदालतले फागुन १७ गते अदालतको अ’वहेल’नामा कार्वाही गर्नु नपर्नाको कारणसहित अदालतमा उपस्थित प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरी वृत्त सिंहदरबार प्रमुखलाई सातदिन भित्र सर्वोच्च अदालत भित्र आफै उपस्थित हुँन आदेश दिएको थियो । आदेश अनुसार आईजीपि ज्ञवालीसहित ४ प्रहरी अधिकारी उपस्थित भएका हुन् ।
जवाफमा के छ ?
सर्वोच्च अदालतमा बुझाईएको जवाफमा प्र’ह’री अधिकारीले अदालतको आदेश विपरीत प’क्रा’उ नगरेको जिकिर गरिएको छ । प्रहरीको जवाफमा ‘रिहा भएपछि छुटेका व्यक्ति सामान लिन प्रहरी भ्यानमै चढेर प्र’हरी कार्यालय जाने छुटेर गएपछि होहल्ला गरेको अवस्थामा पक्राउ गर्ने’ तर्क गरिएको छ ।
अ’वहे’लना मु’द्धाको छुट्टै मिसिल खडा गरी मु’द्धा दर्ता गर्न पनि सर्वोच्च अदालतले पनि आदेश दिएको थियो । आदेशमा भनिएको थियो, ‘ यो आदेशको प्रतिलिपि राखी अवहेलना मुद्धाको छुट्टै मिसिल खडा गरी मु’द्धा दर्ता गरी अरु कानुन बमोजिक गरी लिखित ज’वा’फ परेपछि वा सो अवस्था नाघेपछि नियमानुसार पेश गर्नु ।’
वि’प्ल’व नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टी निकट मजदुर संगठनका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णु प्रसाद अधिकारीको हकमा परेको ब’न्दीप्रत्य’क्षीकरणको रिट निवेदनमाथि शुक्रवार सुनुवाई गर्दै न्यायधिसद्धय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त ईजलासले यस्तो आदेश दिएको हो । मु’द्दाको पेशी चैत ३० गतेका लागि तोकिएको छ ।