logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

को’रोनाको प्रभाव पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसाय मारमा


  • रासस
  • शुक्रबार, फाल्गुन ३० २०७६

रामपुर- को’रोना भा’इरस स’ङ्क्र’मणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ। लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसान जस्तै बनेको छ। लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल रहन्थ्यो। पर्यटक आउनेक्रम सुस्त भएसँगै यसको असर व्यवसायमा पुगेको हो।

विशेष गरी पाल्पाली ढाका उद्योग र होटल व्यवसायमा को’रोना भा’इरस स’ङ्क्र’मणबाट नराम्रो असर परेको सम्बद्ध व्यवसायी बताउँछन्। यहाँको पहिचानका रुपमा प्रख्यात ढाका उद्योगलाई कोरना भाइरसले असर पारेको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउछन्। “ को’रोना भा’इरस स’ङ्क्र’मणको सन्त्रासले ढाका उद्योगमा नराम्रो असर पुगेको छ। अहिले व्यापार व्यवसाय कम हुँदै गएको छ”, उनले भने। उत्पादन भएका ढाका कपडाका सामग्री बिक्री नहुँदा त्यत्तिकै पसल उद्योगमा समय बिताएर बस्नुपरेको उद्योगी व्यवसायी गुनासो गर्छन्।

ढाका खरिद गर्नकै लागि पर्यटक यहाँ आउने गर्छन्। तर अहिले को’रोना भा’इरस स’ङ्क्र’मणको सन्त्रासले विदेशी पर्यटकको चहलपहल हराउन थालेको छ। ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री कोशेलीका रुपमा लैजाने चलन छ। विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ। विदेशी पर्यटकको आवागमन नै कम हुन थालेपछि ढाका कपडाको व्यापार व्यवसायमा कमी आएको व्यवसायी मनोज पौडेल बताउछन्।

“कोशेलीका रुपमा धेरैजसो ढाका कपडाबाट उत्पादित सामग्री बाह्य पर्यटकले खरिद गर्ने हुँदा व्यवसायी उद्योगीलाई राम्रो आम्दानी आउँछ, को’रोना भा’इरस स’ङ्क्र’मणको प्रभावले अहिले व्यापार नै चौपट हुने अवस्थामा छ”, उनले भने।

ठूलो लगानीमा उद्योग व्यवसाय सञ्चालन गरेका व्यक्ति व्यापारमा सुस्तता आउँदा मारमा परेका छन्। को’रोना भा’इरस स’ङ्क्र’मणले ढाका उद्योग, होटल व्यवसायसँगै हस्तकलाका उद्योग, विभिन्न साना तथा ठूला व्यवसाय प्रभावित बनेको छ। पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुराँ भरिभराउ हुन्थे। विगत एक महिनायता सुनसान जस्तै छ। भाइरसका कारण जिल्लाका ठूलासाना सबैजसो उद्योग, व्यापार व्यवसाय प्रभावित बन्न पुगेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं होटल व्यवसायी सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ जानकारी दिए।

“व्यापार व्यवसाय नै कम भएपछि आयस्रोत नै अत्यन्त न्यूनमात्रामा छ, बाह्य पर्यटकले गर्दा ठूला व्यापार व्यवसाय, उद्योगमा सहयोग पुगेको थियो”, उनले भने। व्यापार कम हुँदा मासिक भाडा तिर्न व्यवसायीलाई समस्या भइसकेको उनले बताए।

सदरमुकाम तानसेनमा पनि हिजोआज अत्यावश्यक कामकाजका मात्र मानिस पुग्ने गर्छन्। घुमघाम गर्न जाने पर्यटकको चहलपहलले बजार गुञ्जायमान हुन्थ्यो। तर अहिले भने अति आवश्यक कामबाहेकका व्यक्ति कोही नभित्रिँदा सदरमुकामको वातावरण सुनसानमय बनेको छ। तानसेनको टुँडीखेल मैदान, श्रीनगरडाँडा, नेपालको ताजमहलका रुपमा रहेको रानीमहल दरबार, भैरवस्थान मन्दिरलगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल कम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार