logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

डिआइजी रमेश खरेलको राजीनामा गृह मन्त्रालयद्वारा स्वीकृत


  • राजनीति
  • बुधबार, चैत्र २८ २०७४

काठमाडौं– गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले डिआइजी खरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै  खरेलले राजीनामा दिएका थिए ।

बुधबार गृहमन्त्री थापाले उनको राजीनामा स्वीकृत गर्नुभएको  गृह मन्त्रालयका प्रवक्त रामकृष्ण सुवेदीले बताए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै प्रहरी प्रधान कार्यालयमा समेत जानकारी दिइसकेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार