logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

” नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन हुन्छ “


  • रासस
  • शुक्रबार, फाल्गुन ३० २०७६

नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ । परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले आज प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने नर्सिङ अनुमति परीक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा मोलमोलाइ गरेको समाचारका सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको र वास्तविकताबारे छानबिन गरिरहेको बताइन् ।
“सदस्यले लिखितरूपमा यो विषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक आइडी’ बनाएर आपराधिक समूहले सोे काम गरेको परिषद्लाई जानकारी गराउनुभएको छ”, विज्ञप्तिमा उनले भनेकी छन्, “फेक आइडी बनाउने समूहको पहिचान गरेर कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको छ । यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानबिन गरिरहेको छ ।”

उनले प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नभई परीक्षा निष्पक्ष हुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैमा आग्रह गरिन् ।

परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संलग्नलाई छानबिनको दायरामा ल्याएर कडा कानूनी कारवाही गर्न समेत उनले सरकारसँग माग गरिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार