logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाको सत्ता द्धारा मदिरा बेचबिखनमा रोक, यस्तो छ बिज्ञप्ती


  • राजनीति
  • शुक्रबार, फाल्गुन ३० २०७६

नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सत्ता मोर्चा जनपरिषद कालिकोट ले जिल्ला मा मदिरा नियन्त्रण गर्ने भएको छ ।

एक बर्ष अगाडि देखि नेकपा कालिकोट ले उक्त अभियान चलाएको थियो करिब जिल्ला भरि नियन्त्रण भैसके पछी स्थानिय सबै निकाएले पनि मदिरा नियन्त्रण गर्ने निर्णय गरि कालिकोट मदिरा मुक्त जिल्ला घोषणा गरे पछी जनताले पुन : प्रतिवाद स्वरुप रक्सि बेचबिखन र सेबन गर्न थाले ।

स्थानिय ले नेकपा को मदिरा नियन्त्रण को सफल अभियान पछी सिको गरेका जनप्रतिनिधी को अभियानमा जनता ले साथ नदिदा पुनः पहिलाकै स्थितीमा समाज फर्किदा जनपरिषद कालिकोट ले मदिरा नियन्त्रण अभियान पुन; थालनी गर्ने गरि प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

जिल्ला जनपरिषद का प्रमुख अर्जुन बिक द्दारा हस्ताक्षरित बिज्ञप्तीमा भनियको छ । मदिरा बेचबिखन र सेबन ले जनता सामाजिक सद्भभाव मा ठूलो असर पर्नु का साथै अप्रिय घटना घट्ने गरेका ले प्रत्यक एरिया हरुमा युवा परिचालन गरि मदिरा नियनणत्रण गरिने बताएका छन । पक्की रक्सि लगायत घरेलु रक्सी जे भएपनी जुनसुकै हालत मा बेचबिखन गर्न नदिने बताउदै व्यापारी सबै लाई सहयोग गर्न अपिल गरेकाछन । यो अपिल लाई अटेर गरि बेचबिखन गरेमा हुने क्षतिको स्वेम ले नै जिम्मेवारी लिनु पर्ने वताएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार