logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ईन्डियन फिल्म र गाडी ब’न्द गर्ने वि’प्लवकाे घाेषणा, काे काे छन् लिस्टमा ?


  • राजनीति
  • शनिबार, चैत्र १ २०७६

नेत्र बिक्रम चन्द वि’प्लव नेतृत्वको नेकपा लेे जनयु’द्धको झल्काउने गरि राप्ती क्षेत्रलाई आफ्नाे आ’धार इलाका घाेषणा गर्दै १३ बुदे लाल पत्र जारी गरेकाे छ ।

बुधबार जारी उक्त लाल पत्र जनयु’द्धको बेला समेत यसरी पार्टीको तर्फबाट अलग्गै जारी गरिऐकाे थियन यद्यपि जन’सरकार भने विभिन्न बिषयहरु मा धारणा सार्वजनिक गरेकाे हुन्थ्यो ।

जारी लाल पत्रमा मुलतः जनस्तरका समस्याहरुकाे उठान निवार तथा केही नितिगत र बिधिवत बिषय उठाइएको देखिन्छ ।  एनसेलकाे सिम रिचार्ड आयत निर्यात देखि एनजीओ आईएनजिओका गतिविधि सम्म प्र’ति’बन्ध काे घाेषणा गरिएकाे छ ।

यस्तै बृत्तिय संस्था तथा फाइनान्स बाट भईरहेकाे लु’टलाई मध्यनजर गर्दै उक्त नाफामुलक संस्थामाथि प्र’ति’बन्ध काे घाेषणा गरिएकाे छ । जाड रक्सि जुवातास तथा ला’गू औषध बिक्रि वितरणमा राे’क लगाएकाेे छ । र मिटर ब्याजमाथी पुर्ण प्र’तिबन्ध लगाइएकाे छ ।

यस्तै जारी लाल पत्र मा अहिले का जनप्रतिनिधि हरुलेे भ्र’ष्ट र आफ्ना म’तियारहरुलाइ उपभोक्त र ठेक्का काे जिम्मेवारी दिएकाे भन्दै त्यस्ता उपभोक्ता तथा ठेक्का लाई खा’रेज गर्न चे’तावनी दिएकाे छ ।

भने भारतीय नम्बर प्लेटका गाडि तथा चलचित्र हरु तत्काल ब’न्द गर्न अपिल गरेकाे छ।

हेर्नुस् १३ बुदे लाल पत्र

१. अरबौ कर छ’ली गर्ने लु’टेरा दुरसञ्चार प्रदायक कम्पनी एनसेलका सिम कार्ड र रिचार्ड कार्ड आयत–निर्यात बिक्री–वितरणमा प्रतिबन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ ।

२. क’थित लघुबित्तीय संस्था र माइक्रोफाइनान्सका नाममा जनता लु’ट्ने र मा’र्ने सम्पूर्ण संस्थाहरुलाई प्रति’बन्ध गर्दै आमकिसान मजदुरलाइ ऋण (कर्जा) नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त स–सम्मान फिर्ता गर्न सम्बन्धित वित्तीय संस्थालाइ हाम्रो पार्टी चेता’वानीमूलक निर्दे’शन गर्दछ ।

३. लागु’औषध दु’व्र्यसनले समाजलाई दिनप्रतिदिन वि’कृत, वि’घटित र अप’राधिकरण पार्दै लगिरहेकाले ला’गुपदार्थको प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।
४. सोझा साझा जनतालाइ गरिबी, आ’र्थिक अभा’व, बेरोजगारी र अशिक्षाको फाइदा उठाउँदै विभिन्न प्रलोभन तथा झु’टो आश्वासन दिएर नेटवर्किङ व्यापारमा संलग्न गराइ ठ’ग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त र’वै’या ब’न्द गरि विविध कारण सो कार्यमा लागेका दाजुभाई तथा दिदीबहिनीलाई उक्त कार्यमा संलग्न नहुन सुसूचित गर्दै सदस्य बनाउने नाममा असुलिएको सम्पूर्ण रकम क्षतिपूर्ति सहित फिर्ता गर्न सम्बन्धित निकायलाइ हाम्रो पार्टी निर्देश गर्दछ ।

५. मजबुरीमा पारेर वा परेर चर्को व्याजमा ऋण प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर–व्याजी, साहु–महाजनलाई यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिनुका साथै जो–जस्को छि’नुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पत्ती अवि’लम्ब फिर्ता गर्न र चर्को ब्या’जदरमा लिएको ऋण नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ ।

६. कथित जनप्रतिनिधि भनिने द’ला’ल सत्ताका म’तियारका रुपमा केन्द्रदेखि स्थानीय सम्म क्रियाशील तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनीहरुद्वारा निर्देशित उपभोक्ता समितिलाई तत्काल खा’रेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।

७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चल’चित्रमा पूर्णरुपमा रो’क लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।

८. का’लोब’जारी गर्ने, उपभोक्ता ठ’ग्ने, खोला–नाला तथा काठ चो’री–पै’ठारी, त’स्करी गर्ने लगायतका अ’वैध कार्य गर्ने क’थि’त उद्योगी, व्यापारी र समयमा काम सम्पन्न नगर्ने र गरे पनि गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई बहि’स्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।

९. विभिन्न नाममा धर्म–स’स्कार, संस्कृ’ति र समा’जविरोधी, व्यापा’रिक प्रयोजनमा गरिने मेला–महोत्सव र महायज्ञ नगर्न र नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ ।

१०. जन’स’त्ताको नी’ति नि’यम र अनु’मति बेगर संञलित एनजिओ तथा आइएनजिओलाई प्र’ति’बन्धि’त गरिएको छ ।

११.गुण्डा’गर्दी, जुवा’तास, जाँ’डरक्सी, बाल तथा बहु विवाह, यौ’न–व्य’भिचार, मानव त’स्क’र, ढुकु’टी लगायत सामाजिक अपराधका मुलकारक भएको हुँदा त्यस्ता कार्य नगर्न–नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।

१२. ज्या’नमारा वि’षालु रक्सी उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न–नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।

१३. कृषि, पर्यावरणको खिलाप जग्गा जमिन खण्डिकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्या’पारिकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमा’फिया, शैक्षिक मा’फिया, स्वास्थ्य मा’फिया कमिसनखोरलाई जनपरिषद्को केन्द्रीय नीतिअनुरुप जन’कार’वाही गरिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार