logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काेराेनाका कारण भारतमा २ जनाकाे मृ’त्यु


  • राजनीति
  • शनिबार, चैत्र १ २०७६

बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेराेनाले हालसम्म ५ हजार बढी मानिसहरुकाे काे मृ’त्युु भइसकेकाे छ । यसै बिच  छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणका कारण फेरि १ जनाको मृ’त्यु भएको छ ।

 

शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६९ वर्षीया महिलाको कोरोना भाइरसको सं’क्रमणका कारण मृ’त्यु भएको हो । योसहित भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २ पुगको छ ।

 

भारतीय स्वास्थ्य मन्त्रालय र समाचार एजेन्सी पिटिआईलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘मृ’त्यु हुने महिला ६९ वर्षकी थिइन् र उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

 

उक्त  मृ’तक महिलाका छोरालाई समेत कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । कोरानाबाट मृ’त्यु हुने महिला यसअघि मधुमेह र उक्त रक्तचापको बिरामी भएको समेत बताइएको छ ।

 

कोरोना भाइरसको संक्रमणकै कारण शुक्रबार कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुषको ज्या’न गएको थियो । उनी साउदी अरबबाट भारत आएका थिए । भारतमा कोरोना भाइरसबाट सं’क्रमित हुनेहरुको संख्या ८२ जना पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार