logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

हिमेश पन्त बने कमेडी च्यापियनको बिजेता, जिते २५ लाख


  • राजनीति
  • शनिबार, चैत्र १ २०७६

नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियनको बिजेता हिमेश पन्त भएका छन । उनले खड्ग बहादुर पुन र सुमन कोइरालालाइ भोट अन्तरले पछि पर्दै बिजेता बनेका हुन । उनले २५ लाख नगद र ड्याट्सन गाडी सहित अन्य पुरस्कर हात पारेका छन ।

च्याम्पियनको फाइनलमा ३ फाईनालिष्टहरु छानिएका थिए । प्रतियोगिताको फाईनलका लागि खड्गबहादुर पुन मगर र सुमन कोईराला छानिएका थिए ।

फाइनालिष्ट ३ प्रतियोगीहरुमध्ये अरुलाइ पछि पार्दै उनि बिजेता बनेकाछन ।

फाईनलमा प्रवेश गरेका हुन् भने खड्गबहादुर पुन मगर सर्वाधिक भोट प्राप्त गर्दै फाईनलमा पुगेका थिए । सुमन कोईराला पनि दोस्रो सर्वाधिक भोट प्राप्त गर्दै फाईनलका लागि छनौट भएका थिए । उत्कृष्ट ४ मा पुगेका विष्णुप्रसाद गौडेल मेक्सम भने भोटका कारण फाईनलमा पुग्न सकेका थिएनन् ।

फाईनालिष्टहरु छानिएसँगै रियालिटी शोको फाईनल भिडन्त आज ललितपुरको च्यासलमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार