राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपाल कालिकोटको बैठक सम्पन्न गरेको छ । संगठनका अध्यक्ष आत्मा क्षेत्रीको अ्ध्यक्षता, संगठनका केन्द्रीय सदस्य ईन्द्र साउदको प्रमुख आतिथ्यता र जिल्ला से’क्रेटरी रणदिपको विशेष उपस्थिती मा सम्पन्न भएको जनाएको छ ।
बैठकमा सबै कार्यक्षेत्रको रिपोट सम्पुर्ण जिल्ला कमिटी सदस्य हरुले राखेका थिए । रिर्पोटमा प्रतिबन्धको वास्ता नगरी राजनिती र बैचारिक कामहरु जिल्ला भरी सानदार सफल भएको । बर्तमान केपी सरकारको जनतामा व्यापक भ’ण्डाफोर पुगेको निस्कर्ष निकालेको छ ।
जनता सरकार प्रति पुरै असन्तोस मात्रै हैन ग’लत सरकारी रबै’या र कथित कम्युनिष्टधारी जुम्मुवाल शैलीका स्थानिय जनप्रतिनिधिहरु प्रति जनआ’क्रोस बढेको निष्कर्ष निकालेको छ । साथै जनस्तरमा का’र्बाहीको माग बढेको , प्र’तिबन्ध लाई साचो अर्थमा पानीको फोका नै साबित गरेको र संगठन को संजाल बिस्तार र सुदृढ गर्नु पर्ने रिर्पोटको सार रहेको निस्कर्ष रेहेको अध्यक्ष आत्मा क्षेत्री ले बताएकाछन।
प्रमुख अतिथि विशेष अतिथी ले बर्तमान सरकार क्रमस पुर्णरुपमा अ’सफल हुँदै गएकाले देश बिकास र स्थाई शान्ती र समृदीको जिम्मेवारी युवाहरुको काधमा आएकोले सक्रिय भई आ आफ्नो कार्यक्षेत्रमा ड’टेर लाग्न निर्देशन दिएकाछन ।
बैठकले जनपरिषद को अपिलमा जिल्ला भरी मदिरा नि’यन्त्रण अभियान थाल्ने , युवा संगठन सुदृढ र बिस्तार गर्ने भ’ष्टचारीको लिष्ट सार्बजनिक गर्नुका साथै पि’डित पक्षलाई जनअ’दालतमा मु’द्दा हाल्न प्रशिक्षण च’लाउने लगायतका निर्णय गरि सम्पन्न भएको जनाएको छ ।
यो पनि पढ्नुहोस

विप्लव नेतृत्वको नेकपा जनकपुर ब्युरोले नेकपाका नेता–कार्यकर्तालाई अ’पहरणको आरोप लगाउँदै गि’रफ्तार गर्ने कार्य पार्टीलाई जनताबाट अलग्याउने साम्राज्यवादी डिजाइन रहेको जनाएको छ ।
जनकपुर ब्युरो इन्चार्ज अरुणले प्रेस वक्तव्य जारी गर्दै पार्टीकामको सिलसिलामा उदयपुर पुगेको समयमा झूट्टा आरोप लगाउँदै गिरफ्तार गरिएका सुनसरीका विवेक खड्का, भोजपुरका मणिराज राईलगायत १४ जनालाई तत्काल बिनासर्त रिहा गर्न पनि आग्रह गरेका छन् ।
ब्युरो इन्चार्ज अरुणको वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको जनसम्पर्क तथा सङ्गठन विस्तारका क्रममा उदयपुर जिल्लाको कटारी नगरपालिका १ को खसीबासमा पुगेका कार्यकर्ताहरूलाई २०७६ फागुन २९ गते दिउँसो ठूलो सङ्ख्यामा सुरक्षा निकाय परिचालन गरी सुनसरीका कमरेड विवेक खड्का, भोजपुरका कमरेड मणिराज राईलगायत १४ जनालाई गि’रफ्तार गरिएको घटनाको हाम्रो पार्टी घोर वि’रोध तथा भ’त्र्सना गर्दछ ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘सामान्य ढङ्गले गाउँघरमा सङ्गठन निर्माण गर्दै हिँडेका कार्यकर्ताहरूलाई कथित अपहरणजस्तो कृत्रिम आरोप लगाइएकोमा पार्टी खण्डन गर्दछ साथै बालबालिकालाई पूर्णकालीन कार्यकर्ता बनाउने पार्टीको कुनै नीति नरहेको पनि प्रस्ट पार्न चाहन्छौँ ।’
वक्तव्यको अन्त्यमा भनिएको छ, ‘जनताका पक्षमा निरन्तर स’ङ्घर्ष गर्दै अगाडि बढेको राजनीतिक पार्टीलाई जनताबाट अलग्याउने साम्राज्यवादी डिजाइन अन्तर्गत झूट्टा र कपोलकल्पित विषयलाई प्रचार गर्दै हिँड्नुले वर्तमान राज्यसत्ताको ष’ड्यन्त्रको स्तरलाई प्रस्ट पार्दछ । शान्तिपूर्ण ढङ्गले जनताका बीचमा रहेका कार्यकर्तालाई फसाउन हातहति’यार, ब’म, वि’स्फोटक पदार्थजस्ता विषयसँग जोडेर झूट्टा मु’द्दामा फ’साउने सरकारी ह’र्कतको भ’ण्डाफोर गर्दछौँ ।
गि’रफ्तार सबै कार्यकर्ताहरूको रिहाइको माग गर्दछौँ । अन्यथा कडा स’ङ्घर्ष गरिने चे’तावनी पनि यसै वक्तव्यमार्फत दिन चाहन्छौँ ।’
हेर्नुस् विज्ञप्ति
