राजनीति
कैलालीको टिकापुरमा रहेको सुदुरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायको Bsc Ag प्रथम सेमेस्टरको Fundamental Of Agronomy विषयको प्रश्न पत्र पाठयक्रम भन्दा बाहिर बाट आएको भन्दै दुई बिधार्थी संगठनले बिरोध गरेको छ । नेपाली कांग्रेस निकट बिधार्थी सगठन नेवी सघ र विप्लव निकट अखिल क्रान्तिकारी ले सयुक्त प्रेस विज्ञप्ति जारी गरी ०७६-१२-०२ गते हुने भनिएको परीक्षा सम्पुर्ण विद्यार्थीहरु द्वारा बहिष्कार गरिएको जनाएको हो ।
सयुक्त प्रेस विज्ञप्ति मिति : ०७६-१२-०३
सुदुरपश्चिम क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेको यस सुदुरपश्चिम विश्वविद्यालयको हकहित र शैक्षिक सुधारका लागि हामी सदैव अग्रसर र संघर्षरत रहेको कुरा सबैमा सर्वविदितै छ।
कैलालीको टिकापुरमा रहेको सुदुरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायको Bsc Ag प्रथम सेमेस्टरको Fundamental Of Agronomy विषयको प्रश्न पत्र पाठयक्रम भन्दा बाहिर बाट आएको हुँदा मिति ०७६-१२-०२ गते हुने भनिएको परीक्षा सम्पुर्ण विद्यार्थीहरु द्वारा बहिष्कार गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय द्वारा गरिएको लापरबाही र कमजोरी प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कमजोरी र लापरबाहीको कडा निन्दा र भत्सर्ना गर्दछौ। परीक्षा नियन्त्रण कार्यालय बाट पटक-पटक विद्यार्थीहरुको भविष्य सङ्ग खेलबाड हुने विभिन्न कमजोरी हुँदै आएका छ्न यस्ता कमजोरी सच्याउन सचेत गराउदछौ। उक्त परीक्षा स्थगित गरि अर्को मितिमा विद्यार्थीहरु लाई परीक्षा दिने वातावरण मिलाउन आग्रह गर्दछौं। आउँदा दिनहरुमा यस्ता कमिकमजोरीहरु दोहरिए शसक्त संघर्ष गर्ने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं !
अच्युत राज कलौनी
नि. केन्द्रिय सहमहामन्त्री
नेपाल विद्यार्थी संघ
विरेन्द्र शाह
संयोजक
अखिल (क्रान्तिकारी) सेतिमहाकाली