logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

बाजुराको गाउँपालिकामा ब’म वि’स्फोट


  • रासस
  • सोमबार, चैत्र ३ २०७६

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै ब’म वि’स्फोट गराइएको छ। अ’ज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै ब’म वि’स्फोट गराइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै ब’म वि’स्फोट गराइएको हो।

सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै ब’म वि’स्फोट हुन सुरक्षा चुनौती बढेको छ। प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा ब’म वि’स्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्र’सित बनेका छन्।

अज्ञात समूहले सोमबार बिहान कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा ब’म वि’स्फोट भएको प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराइले बताए। गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा ब’म वि’स्फोट गराइएको हो। ब’म वि’स्फोट गराउने समूहले जिम्मा नलिएकाले अ’ज्ञात समूह भनिए पनि विप्लव नेकपाले वि’स्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराइले गाउँपालिको ढोकामा ब’म वि’स्फोट गराएको बताए । तीन साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा ब’म राखिएको थियो। जिल्लामा ब’म राख्ने, फोनबाट ध’म्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चु’नौती बढेको छ । प्रहरीले शङ्का’स्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न नसकेको अवस्था छ।

गाउँपालिका केन्द्र रहेको जुड्डीमा फोन सम्पर्क नभएकाले विस्तृत विवरण आइसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले ब’म वि’स्फोटबाट गाउँपालिका र अन्य मानवीय क्षति नभए पनि स्थानीय त्र’सित बनेको जानकारी दिएका छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार