राजनीति
प्रति’बन्धित वि’प्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रा’न्तिकारी र दलित मुक्तिमोर्चा नेपालको बैतडी जिल्ला काे संयुक्त जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
संयुक्त सम्मेलनका प्रमुख अतिथि अखिल नेपाल महिला संघ (क्रा’न्तिकारी ) का केन्द्रीय सदस्य तथा सेतिमहाकाली संयाेजक पुर्णिामा धामीले महिला, दलित वास्तविक रुपमा आधारभूत तथा ऐतिहासिक सर्वहारा बर्ग भएकोले क्रान्ति र मुक्ति सबैभन्दा यसै वर्गलाई आवश्यक भएको कुरामा जाेड दिइन् ।
सम्मेलनमा अन्य अतिथि बक्ताहरुले नेपालीका सबै राजनीतिक आन्दोलनमा महिला र दलितको उच्चस्तरको बलिदान भएतापनि अन्ततः उच्च जातीय अहंकारवादी नेतृत्वको धाेका र गद्दारीका कारण आज पनि महिला र दलितले पुरानै खाले वर्गीय ,जातीय र लिङ्गीय विभेद भाेग्नु परिरहेको कुरामा जाेड दिदै यसको समाधान बैज्ञानिक समाजवादले मात्रै दिने धारणा राखे ।
सामान्तवादले महिला र दलितको पहिचानमा शाेषण गर्याे र अहिले दलाल पुजिवादले यसको नाममा ब्यापार गरिरहेको छ भन्दै वक्ताहरूले सम्मेलन सफलताको शुभकामना सहित निर्वाचित टिमलाई बधाई दिएका थिए ।
दलित मुक्तिमोर्चाका जिल्ला संयाेजक तपेन्द्र रानाकाे सञ्चालन , अनेमसंघ क्रान्तिकारी कि संयाेजक सावित्रा कार्कीको अध्यक्षता र मानदेव काे स्वागत मन्तवबाट शुरु भएको उद्घाटन समारोह संयुक्त र बन्द सत्र अलग अलग भएको थियाे । सम्मेलनको प्रमुख अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारी कि केन्द्रीय सचिवालय सदस्य पुर्णिामा धामी रहेकी थिइन भने अन्य अतिथिहरुमा दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य दलबहादुर ओखेडा, नेपाल कम्युनिस्ट पार्टीका बैतडी जिल्ला इन्चार्ज किरण, जिल्ला सचिव परिवर्तन , जनसत्ता प्रमुख आकाश , किसान संघका प्रतिनिधि झलकमान र युवासंघका विरासत रहेका थिए ।
सम्मेलनले सावित्रा कार्कीको नेतृत्वमा नाै सदस्यीय अखिल नेपाल महिला संघ क्रा’न्तिकारीको बैतडी जिल्ला समिति र तपेन्द्र रानाको नेतृत्वमा एघार सदस्यीय दलित मुक्तिमोर्चाकाे बैतडी जिल्ला समिति निर्वाचित गरेको छ ।