logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन मान्दैन सर्वाेच्चकाे आदेश प्रहरी ?


  • राजनीति
  • मंगलबार, चैत्र ४ २०७६

वि’प्लव नेतृ’त्वको नेकपाका नेता कार्यकर्ता गि’रफ्तार पछि अ’दालतले छाेड्ने तर प्रहरीले प’क्राउ गर्ने गरेपछि अदालत र प्रहरी बिच जु’हारी चलेकाे छ । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्र’तिब’न्ध लगाएको फागुन २८गते १ वर्ष पूरा भएको छ । गत वर्ष फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा भएको ब’म वि’स्फो’टको घ’टनापछि फागुन २८ गते सरकारले नेकपामाथि प्र’तिबन्ध लगाएको थियो ।

 

प्र’तिबन्ध लगाए यता सरकारद्वारा नेकपाका नेताहरू कु’मार पौडेल, निरकुमार राईलगायत मा’रिएका छन् । नेकपाका एक हजारभन्दा बढी नेता–कार्यकर्तालाई प्रहरीले गिर’फ्तार गरेर जे’ल र हि’रासतमा ब’न्दी बनेेेेका छन । तीमध्ये केन्द्रीय सदस्य वसन्त श्रेष्ठसहित कतिपय नेता–कार्यकर्ता मु’द्दाकै प्रक्रियाबाट ठूलो सङ्ख्यामा रिहा भए पनि हेमन्तप्रकाश ओली ‘सुदर्शन’, चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, उमा भुजेल ‘शिलु’, भरत बम ‘रणवीर’, माइला लामालगायत धेरै नेता–कार्यकर्ता ब’न्दी अवस्थामा छन् । प्रहरीले गि’रफ्तार गरेका मध्ये एक सय ४० भन्दा बढी नेकपाका नेता–कार्यकर्तालाई पु’र्पक्षका लागि कारागार चलान गरिएको छ ।

 

फरक राजनीतिक आ’स्था र विचार राखेकै कारण गि’रफ्तार गरिएका नेकपाका नेता–कार्यकर्ताहरूलाई पर्याप्त आधार र प्रमाण नपुगेपछि अ’दालतले रिहाइको आदेश दिने गरेको छ तर अदालतले रिहाइको आदेश गरेलगत्तै प्रहरीले एउटै व्यक्तिलाई पटकपटक अदालत परिसरबाटै गिरफ्तार गर्ने क्रम जारी राखेको छ । प्र’तिब’न्धका १ वर्षको अवधिमा प्रहरीले एउटै व्यक्तिलाइ ९ पटकसम्म गिर’फ्तार गरेको तथ्य छ । कुनै पनि व्यक्तिले फरक राजनीतिक आ’स्था र विचार राखेकै कारण पर्याप्त आधार र कारणबिना नै प्रहरीले पटकपटक गि’रफ्तार गरिरहेको छ र व्यक्तिले आफू सम्बद्ध राजनीतिक पार्टी छोडेँ नभन्दासम्म प्रहरीले छोडेको छैन ।

 

वर्तमान राज्यसत्ता र सरकारसँग विमति राखेकै कारण यसरी व्यक्तिको वैयक्तिक स्वतन्त्रता हनन हुने कार्य प्रहरीले गरेपछि सर्वोच्च अ’दालतले कुनै पनि नागरिकलाई बिनाकारण ब’न्दी बनाएर राख्न नमिल्ने नयाँ नजिर स्थापित गरेको छ । सर्वोच्चले कसैलाई पनि निरन्तर थुनामा राख्नु ‘अनुचित, अतार्किक र जबाफदेहिताहीन कार्य’ भएको फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले हालै एक बन्दी’प्रत्यक्षीकरण रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो नजिर कायम गरेको हो ।

 

स’र्वोच्चले फरक राजनीतिक आस्था भएकालाई आ’शङ्काकै भरमा उचित कारण र वि श्वसनीय आधा’रबिना गै’रकानुनी गतिविधि गरेको भन्दै आशङ्काको भरमा पक्रा’उ गर्न नमिल्ने वैयक्तिक स्वतन्त्रतामा अ’ङ्कुश लगाउन वा अपहरण गर्न नपाइने जनाएको छ । सर्वोच्चले भनेको छ, ‘कानुनको उचित प्रक्रिया पूरा नगरी कसैको पनि वैयक्तिक स्वतन्त्रतामा अङ्कुश लगाउन वा अ’पहरण गर्न पाइँदैन ।’ फैसलामा भनिएको छ, ‘संविधानले कानुनी औ’चित्य पु’ष्टि हुन नसक्ने प्रकृतिका थु’ना, गिर’फ्तारी तथा गैर’कानुनी रूपमा शक्तिको प्रयोग गर्नबाट निषेध गरेको छ । वैयक्तिक स्वतन्त्रताको अधिकारबाट वञ्चित गर्दा कानुनले तोकेको उचित प्रक्रियाको अनिवार्य अनुसरण गर्नुपर्ने हुन्छ । कानुनको उचित प्रक्रिया अनुसरण नगरी वैयक्तिक स्वतन्त्रतामाथि लगाइएको अ’ङ्कुशले न्यायिक वैधता प्राप्त गर्न सक्दैन ।’

 

सर्वोच्चले भनेको छ, ‘कुनै व्यक्तिलाई गैरकानुनी रूपमा वा कानुनको उचित प्रक्रिया पूरा नगरी प्रवृत्त धारणा राखेर ब’न्दी बनाइएको अवस्थामा ब’न्दी प्रत्य’क्षीकरणको आदेश जारी गरी थुना’मुक्त गर्नु अ’दालतको समेत कर्तव्य बन्दछ ।’ त्यस्तै, ‘लोकतान्त्रिक मूल्य–मान्यता, न्या’यिक अवधारणा, कानुनको शासन तथा संविधान एवम् कानुनद्वारा प्रत्याभूत हकअधिकारको संरक्षण गर्नेसमेत कुनै दृष्टिले हेर्दा पनि प्रवृत्त धारणा राखेर गरिएको व्यवहारलाई उचित ठान्न नसकिने बेहोरा सर्वोच्चको आदेशमा उल्लेख छ । कानुनी प्रक्रियामा व्यक्तिमाथि गरिने व्यवहार न्यायिक, स्वच्छ र तर्कसङ्गत हुनुपर्ने भनिएको छ । कानुनको उचित प्रक्रिया अनुसरण नगरी व्यक्तिलाई बन्दी बनाउने कार्य अनुचित हुन्छ । यसप्रकारको प्रवृत्तिबाट संविधानद्वारा प्रत्याभूत हकअधिकारको कार्यान्वयनमा गम्भीर अवरोध पैदा गर्ने सम्भावनासमेत रहन्छ । यस पक्षमा स्वयम् अदालतलगायत नेपाल सरकारका सम्बद्ध निकायहरू ग’म्भीर हुन वाञ्छनीय देखिन्छ’, फैसलामा भनिएको छ,

 

‘यसप्रकारको प्रवृत्तिले स्वेच्छाचारितालाई बढावा दिने र संविधानद्वारा प्रत्याभूत मौलिक हकहरूको प्रचलनमा गम्भीर आघात पु¥याउने अवस्था रहन्छ । त्यसैले नेपाल सरकारका सम्बद्ध पदाधिकारीहरूले यसप्रकारको प्रवृत्तिबाट सिर्जना हुने कानुनी दायित्वसमेत बहन गर्नुपर्ने अवस्था रहन्छ । यस पक्षमा सरकारका सम्बद्ध पदाधिकारीहरू सचेष्ट रहन वाञ्छनीय देखिन्छ ।’

 

सोही विषयलाई लिएर प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको आदेश अवज्ञा गरेको मु’द्दामा लिखित जबाफ दिँदै अदालतको आदेशको अवज्ञा गर्ने कुरा कल्पना पनि गर्न नसकिने जबाफ दिएका छन् । अदालतको आदेशबाट रिहा भएलगत्तै पुनः गिरफ्तार गरेर प्रहरीले अदालतको अवहेलना गरेको भन्दै भीमप्रसाद शर्माले अदालतको आदेशबाट छुटेलगत्तै गिरफ्तार गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरी महानिरीक्षकसहित ४ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्नुपर्ने हो ? भन्दै गत फागुन १६ गते महानिरीक्षकसहितलाई सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको थियो ।

 

फागुन २२ गते म्याद बुझेका महानिरीक्षक ज्ञवालीले छाडिएका वि’प्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई अदालतको गेटभित्रबाट नपक्रिएको जबाफ दिँदै भने, ‘म र मेरो कार्यालयका तर्फबाट कुनै पनि आदेश दिएको छैन । पक्रा’उ परेकालाई छाडेपछि फेरि प’क्राउ गर्नु भनी यस कार्यालयबाट कुनै पनि प्रहरीलाई खटाइएको छैन ।’ उनको जबाफ छ, ‘कानुन कार्यान्वयनका लागि भएका कामकारबाहीमा अदालतको आदेशबमोजिम छुटेका व्यक्तिलाई पुनः कानुनविपरीतको कार्य गरेकोमा कानुनबमोजिम प’क्राउ गरेको कार्यलाई सम्मानित अदालतको आदेशको पालना नभएको भनी व्याख्या गर्नु उपयुक्त हुँदैन ।’ तर वर्तमान प्रहरी महानिरीक्षक ज्ञवालीले पदभार समाल्नुपूर्व सर्वेन्द्र खनाल प्रहरी प्रमुख हुँदा नेकपाका सयौँ नेता–कार्यकर्ताहरूलाई रिहा भएलगत्तै गिरफ्तार गरेर मुद्दा चलाउने कार्य पटकपटक दोहोरिएको थियो ।

असार ५ गते सर्लाहीको लालबन्दीमा भएको कु’मार पौडेल ह’त्या’को घट’नामा त प्रहरी प्रमुखकै संलग्नता रहेको भनी पौडेल परिवारले तत्कालीन आईजीपी सर्वेन्द्र खनाललगायतमाथि कार’बाहीको माग गरिरहेको छ । भने सर्वोच्च ले स्पष्टीकरण लिएकाे केही घन्टा नवित्दै प्रहरीले पुन : नेकपाका केन्द्रीय सदस्य नवीन बिश्वकर्मा हितमान र महिला संगठनले महासचिव धिरेन्द्रा उपाध्याय पुन गि’रफ्तार गरि बे’पत्ता बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार