काभ्रे- जिल्ला प्रशाशन कार्यालय काभ्रेले अर्को सुचना जारी नभए सम्मको लागी बिहान ९ बजे देखी क’र्फ्यु जारी गरेको छ। बनेपाबाट पनौती तर्फ आउदै गरेको टिपरको ठक्क’रले खानीखोला गापा १ की जुनीमाया गोले र उनकी ३ वर्षिया छोरी स्मारिका गोलेको ज्या’न गएको थियो ।
घटना पछी मृ’तकका आफन्त र स्थानीयले बिरोध सँगै तो’डफो’ड गरेपछी प्रहरीले भीड नियन्त्रण लिन २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास समेत गर्न परेको थियो ।
‘मंगलबार बिहान पनि प्रदर्शन हुने अवस्था देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि क’र्फ्यू लगाएका छौं,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनाले भने। उनले प्रशासनले अहिले पीडित परिवारसँग कुरा गरिरहेको जानकारी दिए।
आमा छोरीलाई ठ’क्कर दिंने बा ५ ख ५४८० नम्बरका टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन।
मृतक गोलेका श्रीमान् छिरिङ लामा वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्।