logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

चितवनमा ट्रकको ठ’क्करबाट एक साइकल यात्रीको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • मंगलबार, चैत्र ४ २०७६

चितवन – चितवनमा ट्रकको ठ’क्करबाट एक साइकल यात्रीको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा भरतपुर नगरपालिका ७ कृष्णपुरकी ३५ बर्षीय लक्ष्मी सुबेदी रहेकी छन भरतपुर क्यान्सर अस्पताल अगाडी ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको थियो।

चौवीसेबाता गीता नगर तर्फ गइरहेको ट्रकले साइकललाई ठक्कर दिदा सुवेदी गम्भीर घाइते भएकी थिइन । दुर्घटनापछि उनलाई प्रहरीले उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।

अस्पतालले पौने सात बजे सुवेदीको मृ’त्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार