राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बाजुराले जगन्नाथ गाउँपालिकामा गरेको वि’स्फोटको जिम्मेवारी लिएको छ । भ्रष्टाचार, गुन्डागर्दी र सुराकी गरेको भन्दै नेकपाले कार्वाही गरेको जनाएको छ ।
चैत्र २ गते गेट नजिकै ब’म वि’स्फोट गराइएको थियो । सो समयमा अ’ज्ञात समूह भनेको भएता पनि नेकपाले ४ गते बिज्ञप्ती जारी गरी जिम्मेवारी लिएको छ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै ब’म वि’स्फोट गराइएको थियो । कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै ब’म वि’स्फोट गराइएको गाउँपालिकाले जनाएको थियो गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै ब’म वि’स्फोट गराइएको हो।
सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै ब’म वि’स्फोट हुन सुरक्षा चुनौती बढेको जनाएको थियो । प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा ब’म वि’स्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्र’सित बनेका छन्।
सोमबार बिहान कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा ब’म वि’स्फोट भएको प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराइले बताए। गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा ब’म वि’स्फोट गराइएको हो। विप्लव नेकपाले वि’स्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान तत्कालीन अनुमान थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराइले गाउँपालिको ढोकामा ब’म वि’स्फोट गराएको जानकारी दिएका थिए । तीन साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा ब’म राखिएको थियो। जिल्लामा ब’म राख्ने, फोनबाट ध’म्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चु’नौती बढेको छ । प्रहरीले शङ्का’स्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न नसकेको अवस्था छ।
