पोखरा- पोखराको लेकसाइड स्थित हलन चोक र पोखरा बिमानस्थलमा हेल्थ डेस्क राखिएको छ।
घुम्न आउने आन्तरिक एव बिदेशी पर्यटकहरुलाई लक्षित गरी कोरोना सक्रमणको स्वास्थ्य परीक्षणको निम्ती हेल्थ डेस्क राखिएको पोखरामहानगरपालिकाका उपमेयर मन्जु देवी गुरुङले बताए। उनले माहानगरको आइतबार बसेको बैठकले ज्वरो नाप्ने सिनेटाईजरको प्रयोगबारे जानकारी गराइने बताए।
महानगरले पोखरा विमानस्थलमा पनि हेल्थ डेस्कको स्थापना गरेको छ। हवाई यात्राबाट पोखरा आउने यात्रुको स्वास्थ्य परीक्षण र कोराेना भाइरसका बारेमा हेल्थ डेस्कले जानकारी गराउनेछ।