logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डले स’हिदहरुकाे अपमान गरे, : नेता पुन


  • राजनीति
  • बिहिबार, चैत्र ६ २०७६

वि’प्लव निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले बुधबार कैलालीमा २२ औ साँस्कृतिक प्र’ति’रोध दिवस मनाईएको छ ।
काभ्रेको अनेकाेटमा ज’नयु’द्धको क्रममा तत्कालीन सरकारद्वारा सामुहिक रुपमा ह’त्या गरिएका साँस्कृतिक कर्मिहरुकाे सम्झनामा आजकै दिन साँस्कृतिक प्रतिरोध दिवशकाे रुपमा मनाउदै आएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पाेलिट ब्युराे सदस्य तथा युवा नेता ओम पुनले बिश्व समाजमा साँस्कृतिक चेतनाको तीन धारा सा’मन्ती, पुँ’जीवादी र स’माजवादी प्रगतिशील रहेको भन्दै आफ्नो पार्टीले समाजवादी साँस्कृतिक धाराको नेतृत्व गरिरहेको वताए । अहिले नेपाल र संसारका धेरै देशमा जनताले दुख पाउनु र वि’भेद भोग्नुको मुख्य कारण सा’मन्ती तथा पुँ’जीवादी सँस्कृति र त्यसद्वारा निर्देशित राज्य व्यवस्था भएकोले आफ्नो पार्टी पुँ’जीवादलाई ध्वस्त पारी बैज्ञानिक समाजवाद स्थापना गर्ने ए’कीकृत ज’नक्रा’न्तिको बाटोमा अघि बढेको बताए ।

नेता पुनेले भने ‘म’हान ज’न’युद्ध र झापा आन्दोलनको जगमा खडा भएका कथित कम्युनिस्टहरु केपी र प्रचण्डले हाम्रा ११ जना साथीहरूलाई ह’त्या गरिसकेकाे भन्दै काभ्रेको अनेकोटका ह’त्या’राहरु संग अहिले प्रचण्ड बाबुरामले मित्रता गाँसका छन् र आज उनिहरुले यो दिवसलाई बिर्सिएका छन् । तर हाम्रो पार्टीले भने यसलाई अझै सं’घर्ष दिवसको रुपमा श’सक्त प्रकारले अगाडि बढाउनेछ ।’

कार्यक्रममा नेकपाका कैलाली जिल्ला इन्चार्ज प्रशान्त, विशेष जिल्लाका इन्चार्ज भिम र सचिव समुन्द्र, कैलालीका प्रथम स’हिद भानु आचार्यकी जीवनसंगिनी शोभा आचार्य, सहिद सनराइजका दाइ गजेन्द्र सिंह, महिला नेतृहरु मिना र सुनिता, दलित मुक्ति मोर्चाका मधुसूदन लगाएतका बक्ताहरुले पनि आफ्ना भनाइ राखेका थिए ।

जनसाँस्कृतिक महासंघका सरल माझीको अध्यक्षता, आरोह नेपालीको सञ्चालन र लक्ष्मण पाख्रिनको स्वागत मन्तव्य राखेका थिए ।

श’हिदको फोटामा माल्यार्पन, स’हिद परिवारलाई सम्मान र सामना कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुति दिएका थिए । साँस्कृतिक प्र’ति’रोध दिवसमा स्थानीय जनताको उत्साहजनक उपस्थिति रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार