logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गुल्मीमा जीप दुर्घटना : चालक जिसीको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • बिहिबार, चैत्र ६ २०७६

गुल्मीमा जीप दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृ’त्यु भएको छ यसै गरी दुई जना घाइते भएका छन।

जिल्लाको चन्द्रकोट गाउपालिका ८ मा जीप दुर्घटनामापरी जिपका चालक धुर्कोट गाउँपालिका–६ का २४ वर्षीय मनीष जिसीको मृ’त्यु भएको हो । दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिशिर गौतम गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

लु२च ७७५१ नम्बरको जिप बिहीबार दिउँसो चन्द्रकोट गाउँपालिका–८ को तुराङ मजुवामा पल्टिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार