logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

नया सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा सबै स्थगित


  • आश तमु
  • बिहिबार, चैत्र ६ २०७६

यातायात व्यवस्था विभागले नया सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा सबै स्थगित गरेको छ।

कोभिड ११ को त्रास रहेकोले धेरै भिडभाड हुने भएपछी सरकारले प्रतिलिपी र नविकरण बाहेक सबै कार्य रोकेको हो।अब वर्ग थप गर्ने काम पनि रोकिने छ।

सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द

कोरोनाको त्रासका कारण ललितपुरमा रहेको सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द गरिएको छ ।

शुक्रबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए । पौडेलले बुधबार सरकारले गरेको निर्णय र कोरोना भाइरसको बढ्दो महामारीलाई लक्षित गर्दै धेरै भीड नियन्त्रणको लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

चिडियाखाना प्रशासनका अनुसार शनिबार ६ हजारको हाराहारीमा अवलोकनकर्ताहरु आउने गरेकोमा गत शनिबार २१ सयले मात्रै चिडियाखाना अनवलोकन गरेका थिए । अरु दिन हरेक दिन १७ सय देखि दुईहजारको हाराहारीमा दैनिक अवलोकनकर्ताहरु आउनेमा अहिले ५ सयको हाराहारीमा मात्रै अवलोकनकर्ताहरु आउने गरेको पोखरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार