logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एकाबिहानै ४ जनालाइ मृ’त्युदण्ड


  • एजेन्सी
  • शुक्रबार, चैत्र ७ २०७६

सन् २०१२ मा भएको निर्भयाको सामूहिक बला’त्कारका चारै अ’भियुक्तलाई शुक्रबार बिहानै मृ’त्युदण्ड दिइएको छ । मृ’त्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् ।

समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृ’त्युदण्ड दिइएको हो ।

तिहाड जे’लका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृ’त्युदण्ड दिइएको हो ।’

समाचार एजेन्सी पिटिआईले जे’ल अधिकारीलाई उद्धृत गर्दै चारैजनालाई एकैपटक मृ’त्युदण्ड दिइएको बताएको छ ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बला’त्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृ’त्युदण्ड दिइएको हो ।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृ’त्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई ना’स्ता दिइएको थियो तर उनीहरुले खान अ’स्विकार गरे । विनय रु’न थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँ’सी घर’ मा पुर्‍याइएको थियो । जहाँ पवन ज’ल्लादले उनीहरुलाई झु’ण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृ’त घोषित गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार