logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अज्ञात रोगका कारण बाजुरामा दुई नावालकको अकालमा मृ’त्यु


  • राजनीति
  • शुक्रबार, चैत्र ७ २०७६

अज्ञात रोगका कारण बाजुरामा दुई नावालकको अकालमा मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा स्वामिकार्तिक खपर गाउपालिका वाड न २ का पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विक रहेका छन।

खम्वीरसिंह थापाको चैत ५ गते र डम्मकला विकको चैत ३ गते मृ’त्यु भएको स्थानीय आनन्द बुढाले बताए। अज्ञात रोगका कारण वाड न १ र २ मा बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ ।गाउपालिकाका उपाध्यक्ष मीना बुढाले बिरामीमा खोकी लाग्ने, ज्वोरो आउने र खुट्टा झमझमाउने लक्षण देखिएको बताएका छन ।

स्वास्थ्य कार्यालय, बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउमा दक्ष जन स्वास्थ्यकर्मीहरु परिचालित गरि सकेको बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार