logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, चैत्र ७ २०७६

सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द भएका छन् ।

नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द गरिएको जानकारी दिएको हो ।

कोभिड-१९ अर्थात् कोरोनाको भाइरसको विश्व महामारीका बीच नेपाल सरकारले घोषण गरेअनुरुप महामारीको उच्च सतर्कता अपनाउदै नाम्चेमा सञ्चालित सबै होटल तथा लजहरु बन्द गर्ने निर्णय गरेको एसोसिएसनले बताएको छ ।

अध्यक्ष मिङ्मा शेर्पाद्वारा जारी प्रेस विज्ञप्तिमा अर्को सूचना नआएसम्मलाई बन्द जारी रहने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार