logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

गायिका करिना कपुरलाई काेराेना


  • राजनीति
  • शुक्रबार, चैत्र ७ २०७६

भारतिय बलिउडकी प्रसिद्ध पार्श्व गायिका कनिका कपूर कोरोना पोजिटिभ भेटिएकी छिन् । उनी लण्डनबाट एयरपोर्टमा जाँच नगरी मार्च ११ मा लखनऊ आएकी थिइन् ।

कनिका लण्डनबाट आएपछि लखनऊमा एउटा पार्टीमा सामेल भइन् , जसमा लखनऊका सबै वरिष्ठ अधिकारीहरू र धेरै नेताहरू सहभागी थिए ।

उनलाई कोरोना पोजिटिभ देखिएसँगै उनको अपार्टमेन्टमा बस्ने सबैजना क्रसित भएका छन् । त्यहाँका अधिकांश बासिन्दाहरू अपार्टमेन्ट छोडेर अन्य ठाउँमा सर्दै छन् । नोकरहरू र पार्टी केटररका कार्यकर्ताहरू पनि आतंकित छन् । समाचारका अनसार कनिका लखनऊको ताज होटलमा पनि बसेकी थिइन् ।

कनिकालाई केजीएमयू, लखनऊको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको सम्पूर्ण परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

भारतीय स्वास्थ्य विभागले कनिकासँग सम्पर्क भएका सबैलाई सम्पर्क गरेका छन् । जानकारीका अनुसार स्वास्थ्य विभागले सबै मानिसहरूलाई अलग अलग रहन आग्रह गरेको छ । सबैको स्वास्थ्य परिक्षण गर्दा अहिलेसम्म अन्य कसैलाई पनि कोरोना लक्षण देखिएको छैन । परिक्षण भइरहेको छ , उनी सँग सम्पर्कमा रहेका मानिसहरुलाई संक्रमण हुन सक्ने आशंका रहेको छ ।

कनिकाले बेबी डल, जुगनी, चिटियान कलैयान र देसी लुक जस्ता सबै सुपरहिट गीत गाएकी छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार