राजनीति
विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म १० हजार ५ सय ४५ व्यक्तिको मृ’त्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १७८ जना कोरोना भाइरस स’ङ्क्रमित भएका छन् ।
स’ङ्क्रमित व्यक्तिहरुमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४७ हजार ६४६ व्यक्ति हाल स’ङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को स’ङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २४८ व्यक्तिको मृ’त्यु भएको छ भने, ८० हजार ८६७ जना स’ङ्क्र’मित रहेका छन् ।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको स’ङ्क्रमणको कारण तीन हजार ४०५ व्यक्तिको मृ’त्यु भएको छ । हाल ४१ हजार ३५ जना स’ङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारकाअनुसार चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार २४८ व्यक्तिको मृ’त्यु भएको छ । हाल १८ हजार ४०७ जना स’ङक्रमित रहेका छन् । पाँच हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ। स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण ८३१ व्यक्तिको मृ’त्यु भएको छ । हाल १८ हजार ७७ जना स’ङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार एक हजार १०७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको स’ङ्क्रमणको कारण ४४ व्यक्तिको मृ’त्यु भएको छ । हाल १५ हजार ३२० जना स’ङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार ११५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस स’ङ्क्रमणको कारण २१७ व्यक्तिको मृ’त्यु भएको छ । हाल १४ हजार ३६५ जना स’ङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १२५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस स’ङ्क्रमणको कारण ३७२ व्यक्तिको मृ’त्यु भएको छ । हाल १० हजार ९९५ जना स’ङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस स’ङ्क्रमणको कारण ९४ व्यक्तिको मृ’त्यु भएको छ । आठ हजार ६५२ स’ङ्क्रमित भएका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार २ हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विजरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३ व्यक्तिको मृ’त्यु भएको छ । चार हजार २२२ स’ङ्क्रमित भएका छन् । यसैबीच १५ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण १४४ व्यक्तिको मृ’त्यु भएको छ । तीन हजार २६९ सङ्क्र’मित भएका छन् । यसैबीच ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतमा हालसम्म कम्तीमा २०१ वटा कोरोनाभाइरस स’ङ्क्रमणका घटना देखापरेका छन् । देशभर सयौँको सङ्ख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टाइन’ केन्द्रमा राखिएको छ । शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५ व्यक्तिको मृ’त्यु भएको छ ।
देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङ’क्रमणबाट दुई जनाको ज्या हालसम्म देखापरेको छ ।