राजनीति
विप्लव नेतृत्वको नेकपाा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारकाे असन्तुष्टपक्षले गरे समानान्तर कमिटी गठन गरेकाे छ।
माेर्चाले एक प्रेस विज्ञप्ति जारी गरि उक्त समानन्तर कमिटीकाे घाेषणा गरेकाे हाे ।
माेर्चाका अध्यक्ष साजन गुरुङ द्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘हाम्रो महान गौरबसाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको एकीकृत जनक्रान्ति आफैमा ऐतिहासिक र गौरबपुर्ण इतिहासले सुसज्जित भएको छ । हामी प्रवासी मजदुरहरु यस यात्रामा लाम्बद्द हुन पाएकोमा गर्व गर्छौ’ ।
यस्तै विज्ञप्तिमा ‘देशमा रोजगार नपाएर जीविका चलाउन खाडी मुलुक पसेका श्रमिकहरु नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति आशा र भरोसाको केन्द्र ठान्छन । एकीकृत क्रान्तिको जगमा टेकेर नेपाल कम्युनिष्ट पार्टीले अघि सारेको दस्तावेज प्रति बिश्वस्त रहदै नेपाली जनप्रगतिशील मोर्चा कतारमा गोलबन्द छन् भने अर्को तिर दलाल ब्यबस्थाबाट बेचिएका प्रवासीहरु आफ्नो पसिना बेच्न बिबस हुँदैगर्दा आफ्नै देशको हालको व्यबस्थाप्रति तिब्र असन्तुष्टि पोख्दै छन् । यसरि राज्यव्यवस्था प्रतिको आक्रोस र हाम्रो पार्टी र संगठन प्रतिको तिब्र आशा र भरोसा बढ्दै गर्दा नेपाली जनप्रगतिशील मोर्चा कतारको नेतृत्वमा देखिएको एकाधिकार प्रवृतिले पार्टी र संगठन धरासायी हुने खतरा रहेको स्पस्ट पार्न चाहान्छौ’।
माेर्चाले संगठन भित्र उब्जिएका गंभिर समस्यालाई समाधान गर्न पटकपटक आग्रह गर्दा असन्तुष्ट पक्षलाई उल्टै उपेक्षा गर्दै नेतृत्व धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु निन्दनीय छ । तसर्थ कतार मोर्चाको सातौ अधिवेशन अघि पार्टीको संगठनद्वारा गठित १७ जना केन्द्रिय सदस्यहरु मनोनित भएका मोर्चाका बहुमत सदस्यहरु समानान्तर कमिटी गठनको प्रस्तावनामा एकमत भएको हुँदा निम्न बुँदाहरुमा स्पष्टीकरण रहेको छ ।
१. पार्टी र क्रान्ति प्रति निष्ठावान इमान्दार कामरेडहरुलाई नेतृत्वले आग्रह पुर्बाह्ग्रह ढंगबाट एकलौटी निर्णयलिई कारबाहीगरि निष्कासन गर्नु ।
२. नेपाली जनप्रगतिशील मोर्चा कतारको नेतृत्वमा एकाधिकार, अहंकार, हैकमवादी शैली र गुटगत चिन्तनबाट माथि उठ्न नसक्दा पार्टी र संगठन प्रति बफादार योद्दाहरूको राजनीतिक जिबन नै सिध्याउने हर्कत गर्नु ।
३. पार्टी र मोर्चा भित्रका सेक्रेटरी तथा सल्लाहकार र संगठनका अध्यक्ष लगायत केहि सदस्यहरुको अहंकार कार्यशैलीले आस्थावान साथीहरु संगठन देखि टाढिदै जानु र संगठन नै धरासायी हुँदै जाने गम्भीर समस्या देखिनु ।
४. संगठन भित्र आर्थिक लापरबाही अपारदर्शीता देखिनु ।
५. संगठनका जिम्मेवार पधाधिकारीहरुले राखेका प्रस्तावहरुलाई पुरै उपेक्षा गर्ने र नेतृत्वले संकीर्ण दृष्टिकोणले बुझ्नु ।
६. मध्य पुर्बशाखा सेक्रेटरी तथा नेपाली जनप्रगतिशील मोर्चाका सल्लाहकार रमेश गिरि, मोर्चा सल्लाहकार सदस्य रेशम पौडेल, मोर्चा अध्यक्ष जेपि किशोर पौदारको एकात्मक र मनोगत निर्णयका कारण विगत ४ बर्ष देखि मोर्चा भित्रका इमान्दार ब्यक्तिहरुलाई कारबाही गर्ने र अवसरबादी तत्वहरुलाइ आसय दिने, आफु अनुकुल संगठनलाई चलाउदा मोर्चा भित्रका वरिष्ठ उपाध्यक्ष, महासचिव सचीव र केन्द्रिय सदस्यहरुको कुनै अस्तित्वनै नरहनेगरि एकाधिकार लाद्ने ।
७. संगठनबाट ३ महिने निस्कासन भनी आजको मिति सम्म (दुईबर्ष पूराहुदा पनि) मध्यपुर्व पार्टीलाई सम्पर्क गर्दा पनि सम्पर्क गर्न नचाहानु ।
८. मुल नेतृत्व सङ्ग सङठनमा काम गर्न नसक्ने भएको र नेतृत्वको हैकम बादी अबसरबादी एकात्मकशैलीलाई बारम्बार सङठनको तर्फबाट सुध्रिन आग्रह गर्दा उल्टै पुर्बाहग्रह बन्नु र कारबाहीमा उत्रिनु ।
तसर्थ माथि उल्लेखित कारण सहित मोर्चालाई बचाउदै श्रमिक बर्गको हितमा डोर्याउन निम्न जिम्मेवारी सहित साजन गुरुङ ( छवि ) को अध्यक्षतामा नेपाली जनप्रगतिशील मोर्चा समानान्तर समिति कतार गठन गरिएको सहर्ष जानकारी गराउदछौ ।
तपसिल
१) अध्यक्ष साजन गुरुङ (छबि )
२) वरिष्ठ उपाध्यक्ष बेद बोहरा
३)उपाध्यक्ष दिपक के सि
४)उपाध्यक्ष गोमा थापा ( महिला प्रमुख )
५) महासचिव विवेक मल्ल
६)कोषाध्यक्ष मनमोहन सिंह
७)सह कोषाध्यक्ष सुजक अर्याल
८) प्र: सचिव ज्ञानेन्द्र राज भारती
९) बरिस्ठ सचिव जस:ब बोगती
१०) उप सचिव सुवास गिरि
११) मोर्चा बुद्धिजीवी विवस लिम्बु
१२) मोर्चा प्रबक्ता राजेन्द्र लिम्बु
१३) सङठन बिभाग प्रमुख बिबस जिम्बा
१४) सदस्य भुपेन्द्र घर्ती
१५) सदस्य देब बहादुर बिस्ट
१६) सदस्य भक्त बहादुर घर्ति
१७) सदस्य प्रेम बहादुर चन्द
१८) सदस्य सन्तोष गजुरेल
१९) सदस्य कृष्ण राज गिरि
२०) सदस्य निरु श्याङ्तान
२१) सदस्य मनसरी घर्ती
२२) सदस्य तेज मान वाइवा
२३)सदस्य राजु बिस्वोकर्मा
२४)सदस्य बाबू कृष्ण गिरि
२५) सदस्य प्रका रसाइली
२६) सदस्य जित क्षेत्री गुल्मी
क्रान्तिकारी अभिवादन सहित
नेपाली जनप्रगतीशिल मोर्चा समानान्तर समिति कतार ।
हेर्नुस् विज्ञप्ति

