logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपाल टेलिकमले दियाे संकटमा यस्तो सेवा


  • राजनीति
  • आइतबार, चैत्र ९ २०७६

महामारीको रुपमा फैलिरहेकाे काेराेना भाइरसबाट बच्ने जाेग्गिने उपायहरु अब नेपाल टेलिकमका सेवा प्रदायकहरुले फाेनबाटै जानकारी लिनसक्नेछन् । नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।

३२१०० नम्बरमा कल गरे पश्चात कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निशुल्क प्राप्त गर्न सकिन्छ ।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘एनटी सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार