राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले धनगढीमा रहेको असाह्य बालबालिका र महिलाहरु बस्ने दृष्टि फाउन्डेसनमा मास्कहरु , डिटोल साबुनहरु , हन्याड वासहरु, सेनिटाईजर हरुका साथै फलफुल र नगद रुपैयाँँ २१५० सहयोग स्वरुप प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा सङ्गठन का सेतिमहाकाली संयोजक विरेन्द्र शाह ,सङ्गठनका केन्द्रीय सदस्य बबर जङ्ग सिंह ,नेकपा नगर पार्टी इन्चार्ज प्रकाश रावल , अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा दृष्टि फाउन्डेसन कि संचालिका कल्पना भट्ट ले आफुहरु राज्यका विभिन्न निकायमा सहयोगको लागि गुहार माग्दा पनि राज्यको कुनै पनि निकाय बाट सहयोग नभएको गुनासो गरेकी थिईन र उनले विद्यार्थी सङ्गठनले यस्तो कोरोना भाइरस को महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि मास्क, साबुन र सेनेटाईजर वितरण गरेर आफ्नो घाउमा मलम लागेको भनेकी थिईन
संचालीका भट्टले सबै सहभागी विद्यार्थी नेताहरु लाई दृष्टि फाउन्डेसन ले निर्माण गरेको ब्याच माया को चिनो स्वरुप प्रदान गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो । सङ्गठनको तर्फबाट सेतिमहाकाली संयोजक विरेन्द्र शाह र केन्द्रिय सदस्य बबर जङ्ग सिंहले आफ्नो सङ्गठन सदैव दृष्टि फाउन्डेसन को साथमा रहि सक्ने सहयोग हमेशा गरिरहने प्रतिबद्धता गरेका थिए !