राजनीति
सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को साँझ बसेको बैठकले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको स्रोतले वतायो हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वभर फैलंदै गएको कोरोना भाइरसको संभावित संक्रमण नेपालमा रोक्नका लागि चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।