logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोनाको प्रभाव रहेसम्म घरभाडा मिनाहा गर्न भाडावाला सरोकार समाजको माग


  • राजनीति
  • सोमबार, चैत्र १० २०७६

भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासको प्रभाव नेपालमा समेत परिरहेको अवस्थालाई मध्येनजर गरी घरभेटीले आफ्नो आर्थिक क्षमता हेरेर तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्नुपर्नेमा जोड दिएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर घरभाडा सरोकार समाज नेपालले उक्त आग्रह गरेको हो ।

घर बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निश्कर्ष छ । यो अवस्थालाइ आत्मसात गर्दै सरकारले तत्कालै यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समेत समाजले सरकारसमक्ष राखेको छ ।

यस्तो अवस्थामा भाडामा बसोवास गर्नेहरु, भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेको व्यापारीहरुको व्यापार ठप्प भएको कारण घरभाडा तत्कालै सकेसम्म तीन महिना नसके केही छुट गर्न सरकार र घरधनीहरुलाई भाडावाला समाज नेपालको आग्रह छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार