logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अमेरिकामा १० दिनभित्र अत्यावश्यक औषधी उपकरणको अभाव हुने चेतावनी


  • एजेन्सी
  • सोमबार, चैत्र १० २०७६

अमेरिकाको न्यूयोर्कमा अत्यावश्यक औषधी उपकरणको अभाव हुँदा कोरोना भाइरसको संक्रमण थप भयावह हुने चेतावनी त्यहाँका मेयरले दिएका छन् ।

‘हामी यस्तो अभाव देख्न जम्माजम्मी १० दिनमात्रै टाढा छौं,’ बिल दे ब्लासियोले आइतबार भने । ‘यदि हामीले थप भेन्टिलेटर पाएनौं भने धेरैको मृत्यु हुनेछ ।’

अमेरिकाभरी न्यूयोर्क स्टेट सबैभन्दा धेरै प्रभावित छ । अमेरिकामा ३१ हजार ५७ जना संक्रमित छन् । यहाँ ३ सय ९० जनाको मृत्यु भइसकेको छ ।

आइतबार स्टेटका गभर्नर एन्ड्रियू क्यूमोले १५ हजार १ सय ६८ जनामा कोरोनाको संक्रमण देखिएको बताउँदै एकैदिन ४ हजार संक्रमितको वृद्धि भएको जानकारी दिए ।

‘सबै अमेरिकीले यो तितो सत्य थाहा पाउन जरुरी छ,’ ब्लासियोले एनबीसी न्यूजलाई भने । ‘यो दिनप्रति दिन भयावह बन्दै छ । साँचो भन्नु पर्दा अप्रिल र मेमा स्थिती झनै तनावग्रस्त हुनेछ ।’

संसारभरीका कोरोना संक्रमितमध्ये न्यूयोर्कका संक्रमित करिब ५ प्रतिशत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार